गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह « Khabarhub

गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरी सदरमुकाम इनरुवा-४ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मङ्सिर ४ गतेपछि लोकतान्त्रिक वाम गठबन्धनको सरकार निर्माण हुने बताए । 

‘सडकमा हिँडेर, घरमा सुतेर, नेतालाई फोन गरेर भोट आउँदैन’, उनले भने, ‘जनताका घरघरमा गएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्नुस् ।’ उनले अहिले मुलुकमा गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि पनि गठबन्धनकै बहुमतको सरकार निर्माण हुने बताए।

 विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन भएकाले झन्डै दुई तिहाइ सिट ल्याए जस्तै मङ्सिर ४ गते हुने निर्वाचनबाट सत्तारूढ गठबन्धनले दुई तिहाइ सिट ल्याउने मन्त्री कार्कीले दाबी गरे ।

मन्त्री कार्कीले पाँच वर्षको अवधिमा आफूले गरेका कामका विषयमा जनतासामु प्रचारप्रसार गर्न कार्यकर्तालाई आग्रह पनि गरे । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नं ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएका पनि स्पष्ट पारे । 

गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको दाबी थियो । उहाँले गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी पनि गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : २६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा