रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग चीनको आग्रह « Khabarhub

रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग चीनको आग्रह


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् ।

चिनियाँ राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक एवम् व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।

रूस–युक्रेन सशस्त्र द्वन्द्वबीच विश्व बजारमा आपूर्ति शृङ्खला सुनिश्चित गर्न युक्रेन र रूसले गरेको सम्झौताको पालनामा उनले जोड दिए । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा तुर्किएको इस्तानबुलमा गत जुलाइमा भएको अनाज र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण गराउँदै चिनियाँ कूटनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन् ।

ब्ल्याक सीस्थित आफ्ना जहाज एवम् पूर्वाधारमा ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रूसले गत शनिबार ब्ल्याक सी ग्रेन इनिसिएटिभको कार्यान्वयन अनिश्चितकालका लागि तत्काल स्थगन गर्ने घोषणा गरेपछि खाद्यान्न आपूर्ति शृङ्खला प्रभावित भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा चीनले व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ४५ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी