३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने तारकेश्वर नगरपालिकाको तयारी | Khabarhub Khabarhub

३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने तारकेश्वर नगरपालिकाको तयारी


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारवाही गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीले नगरपालिकाभित्र व्यवसाय दर्ता नगरेको पाइएकाले ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने बताए ।

“नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ”, नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तारकेश्वर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम व्यवसाय दर्ता सम्बन्धमा चालु आर्थिक वर्ष २०७९/८० मा हाल एकपटकका लागि चालू आव २०७९/८० भरी यसभन्दा अगाडि व्यवसाय सञ्चालन गरी नियमअनुसार वडा कार्यालयमा दर्ता नभएका सम्पूर्ण व्यवसायलाई चालु आवलाई नै आधार वर्ष मानी व्यवसाय दर्ता गरिने बताइएको छ ।

व्यवसाय नवीकरणका सम्बन्धमा भने यसभन्दा अगाडि दर्ता भएका तथा समयमा नवीकरण नभएका व्यवसायको हकमा नवीकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत हुन आउने रकम छुट दिने भएको छ ।

तोकिएको आवभित्र दर्ता तथा नवीकरण नभएका व्यवसायीको हकमा नगरपालिकाले आव २०७२/७३ लाई नै आधार वर्ष मानी कर तथा जरिवाना रकमसमेत असुल गरिने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : १२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय