प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो ।

प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको बागमतीले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रनमा समेटियो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए । त्यस्तै इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे । रामनरेश गिरीले अविजित २८ तथा दुर्गेश थापाले २६ रन बनाए । प्रतिष जिसी १२ रनमा आउट भए ।

प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिए भने फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले समान २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको प्रदेश–१ ले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । प्रदेश–१ का लागि अङ्कित सुवेदीले ११० रनको शतकीय इनिङ खेले । उनले १३४ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले भने विवेक आनन्द मेहेताले ३० रन तथा सोनु अन्सारीले १९ रन बनाए ।

बागमती प्रदेशका रामनरेश गिरी एक्लैले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले समान एकरएक विकेट लिए । यस जितसँगै समूह ‘बी’मा रहेको प्रदेश–१ ले दुई खेलमा दुई अङ्क जोडेको छ । प्रदेश–१ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । यता बागमती प्रदेशको भने यो लगातार दोस्रो हार हो ।

त्यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै विजयी भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २९ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो