प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो ।

प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको बागमतीले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रनमा समेटियो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए । त्यस्तै इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे । रामनरेश गिरीले अविजित २८ तथा दुर्गेश थापाले २६ रन बनाए । प्रतिष जिसी १२ रनमा आउट भए ।

प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिए भने फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले समान २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको प्रदेश–१ ले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । प्रदेश–१ का लागि अङ्कित सुवेदीले ११० रनको शतकीय इनिङ खेले । उनले १३४ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले भने विवेक आनन्द मेहेताले ३० रन तथा सोनु अन्सारीले १९ रन बनाए ।

बागमती प्रदेशका रामनरेश गिरी एक्लैले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले समान एकरएक विकेट लिए । यस जितसँगै समूह ‘बी’मा रहेको प्रदेश–१ ले दुई खेलमा दुई अङ्क जोडेको छ । प्रदेश–१ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । यता बागमती प्रदेशको भने यो लगातार दोस्रो हार हो ।

त्यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै विजयी भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २९ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा