प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो ।

प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको बागमतीले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रनमा समेटियो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए । त्यस्तै इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे । रामनरेश गिरीले अविजित २८ तथा दुर्गेश थापाले २६ रन बनाए । प्रतिष जिसी १२ रनमा आउट भए ।

प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिए भने फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले समान २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको प्रदेश–१ ले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । प्रदेश–१ का लागि अङ्कित सुवेदीले ११० रनको शतकीय इनिङ खेले । उनले १३४ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले भने विवेक आनन्द मेहेताले ३० रन तथा सोनु अन्सारीले १९ रन बनाए ।

बागमती प्रदेशका रामनरेश गिरी एक्लैले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले समान एकरएक विकेट लिए । यस जितसँगै समूह ‘बी’मा रहेको प्रदेश–१ ले दुई खेलमा दुई अङ्क जोडेको छ । प्रदेश–१ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । यता बागमती प्रदेशको भने यो लगातार दोस्रो हार हो ।

त्यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै विजयी भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २९ बजे

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

धरान– धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

काठमाडौं- पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले

सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय