पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान « Khabarhub

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ ।

भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिए ।

भूमिगत पार्किङका लागि भनेर यसअघि महानगरपालिकाबाट कर छुट लिएर निर्माण गरिएका ती भवन वषौँदेखि पार्किङका रूपमा नभई व्यापारिक प्रयोजनको रूपमा प्रयोग हुँदा महानगरले पटकपटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो । केही घरधनीले यसअघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले जानकारी दिनुभयो । भूमिगत पार्किङ धेरै मात्रामा चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, सृजनाचोक, पृथ्वीचोक र लेकसाइडमा रहेका छन् ।

अटेर गरेको भन्दै महानगरले पोखराको चिप्लेढुङ्गास्थित आरके बिल्डिङ र महेन्द्रपुलस्थित गरिमा विकास बैंक भएको भवनमा डोजर लगाएको छ । महानगर क्षेत्रमा दुई सय बढी घर भूमिगत पार्किङ भएका भवन रहेको जानकारी प्रमुख आचार्यले दिए। ती पार्किङलाई पार्किङका रूपमा प्रयोग गर्न सके पोखराको सडकमा अव्यवस्थित पार्किङ र ट्राफिक जामलाई केही हदसम्म कम गर्न सकिने भनाइ प्रमुख आचार्यको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : १९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने