चिसोमा रुघाखोकी, टन्सिल र दमको समस्या | Khabarhub Khabarhub

चिसोमा रुघाखोकी, टन्सिल र दमको समस्या

कसरी बच्ने, कस्तो खानेकुरा खाने र जोगिने ?



काठमाडौं – जाडो मौसममा केही रोगले निकै सताउँछन्। ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन्। खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ।

रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला प्रायःमा देखिन्छ। शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्या देखिन्छन्।

धेरै समस्या ज्वरो र रुघाखोकी
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ। यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ।

हावाको मध्यमबाट सर्ने यो भाइरस अहिले देखा परिरहेको छ। समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनुपर्छ। दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धा भाइरसको जोखिममा पर्ने समूह हुन्।

जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ। जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन्। यसले खासगरी बच्चा तथा बुढाबूढीलाई आक्रमण गर्छ। ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ।

इन्फ्लुएन्जा भाइरसको जोखिम
हावाको मध्यमबाट सर्ने यो भाइरस अहिले देखा परिरहेको छ। समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनुपर्छ। दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धा भाइरसको जोखिममा पर्ने समूह हुन्।

संक्रमित भैसकेको अवस्थामा अन्य मानिसभन्दा अलग्गै बस्ने, कम्तीमा १० दिनजति मानिससँग दूरी कायम राख्नुपर्छ। घरबाहिर निस्कँदा मास्क लगाउने र संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ।

कोल्ड डायरियाको पनि उस्तै समस्या
जाडो याममा बढी देखिने यो एक प्रकारको भाइरल डायरिया हो। पाँच वर्षमुनिका बालबालिकामा खासगरी रोटाभाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कमा नोरो भाइरसको कारणले डायरिया र बान्ता गराउँछ।

रोटा भाइरस खासगरी तीन वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्ने गर्छ। विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालबालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो।

यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन्। निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ।

संक्रमित व्यक्तिको दिसा वा बान्ता, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्छ। यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थामा अचानक प्रकोपको रुपमा देखिन सक्छ। व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन्।

घाँटीमा टन्सिलको समस्या
जाडोको समयमा टन्सिलको समस्या आमरुपमा देखिन्छ। यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ। यो समस्या भएमा गलामा दुख्ने, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ। यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खानेकुरा सेवन गर्नु हुँदैन।

निमोनियाको जोखिम
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन्। यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन्। निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ। फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ।

निमोनियाबाट बच्नको लागि चिसोबाट बच्ने, छातीसम्बन्धी रोगीले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपानमा ध्यान दिने पोषण एवं भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा बस्नु हुँदैन।

दमको ठूलो डर
दमबाट पीडित बिरामीको समस्या जाडोको मौसममा बढ्न सक्छ। दम एक किसिमको एलर्जिक रोग हो। रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जिले आक्रमण गर्ने सम्भावना बढी हुन्छ। त्यसैले दमका रोगीले चिसो हावाबाट बच्नुपर्छ।

जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो। यसको अलावा जाडोको समयमा वाफ लिने, नुन पानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ।

धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ। दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधि चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ। आफूखुसी औषधि बीचमा छोड्नु हुँदैन।

पिनासको समस्या
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ। नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ। नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ। यसरी पानी भरिएपछि पिनास हुन्छ। पिनासबाट बच्नको लागि चिसोबाट बच्ने, धेरै एलर्जी हुने तत्व, धुलो, धुवाँ आदिबाट बच्ने, धुम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ।

जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो। यसको अलावा जाडोको समयमा वाफ लिने, नुन पानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ।

एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन। जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ७ : ३२ बजे

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

पाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ बनायो : एमक्यूएम प्रमुख

काठमाडौं – पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम)का प्रमुख अल्ताफ हुसैनले