सरकारका लागि 'फ्याक्टर' बनेका नयाँ दल | Khabarhub Khabarhub

सरकारका लागि ‘फ्याक्टर’ बनेका नयाँ दल

जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र पार्टीको सत्ता स्वार्थ !


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यसपटकको चुनावबाट उदाएका नयाँ दल सरकार गठनमा महत्वपूर्ण फ्याक्टर बन्ने भएका छन् । यसपटकको चुनावबाट उदाएर सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्त पार्टी र रवि लामिछानेको स्वतन्त्र पार्टी नयाँ फ्याक्टर बन्ने भएका हुन् ।

यी तीनै दलले विभिन्न धारको नेतृत्व गरेका छन् । सीके राउतको जनमत पार्टीले मधेसको नेतृत्व गरेको छ भने नागरिक उन्मुक्त पार्टीले सीमान्तकृत तथा थारु समुदायको प्रतिनिधित्व गरेको छ । यस्तै रवि लामिछानेको स्वतन्त्र पार्टीले भने युवा तथा स्वतन्त्र युवाहरुको नेतृत्व गरेको छ ।

नयाँ सरकार गठनमा पनि यी तीन दलका सांसद महत्वपूर्ण बन्ने निश्चित छ । नागरिक उन्मुक्तबाहेक जनमत र स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बनिसकेका छन् । स्वतन्त्र पार्टी त माओवादीपछिको चौथो पार्टी बन्ने निश्चित जस्तै छ ।

यस्तो अवस्थामा कम्तीमा १५ देखि १७ सिटसमेत पाउन सक्ने स्वतन्त्र पार्टी सरकार गठनमा महत्वपूर्ण साबित हुनेछ । यद्यपी युवाहरुको जमात भएको स्वतन्त्र पार्टी सरकारमा जाने विषयमा स्पष्ट छैन । त्यसमाथि उसका आफ्नै एजेन्डाले तत्कालै ठूला पार्टी पनि उसलाई सरकारमा सहभागी गराउन इच्छुक छैनन् ।

त्यसकारण यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी बिनै कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले जनमत पार्टी र नागरिक उन्मुक्त पार्टीलाई सरकारमा ल्याउन कसरत सुरु गरिसकेका छन् । दुबै पार्टीबाट प्रत्यक्षमा चार सिट छन् ।

नागरिक उन्मुक्ति पार्टीको ३ र जनमत पार्टीको एउटा सिट छ । तर समानुपातिकबाट जनमतले कम्तीमा अरु तीन सिट पाउने सम्भावना छ । यस्तो अवस्थामा सरकारमा यी दुई पार्टीबाट कम्तीमा पनि ६ वा ७ सिटको समर्थन हुन सक्छ ।

त्यसमाथि मधेस र थारु समुदायको प्रतिनिधित्वका लागि पनि यी दुई पार्टी सरकारमा हुनु अनिवार्य जस्तै छ । त्यसैले जनमत र उन्मुक्ति पार्टीको समर्थन र सरकारमा सहभागितालाई लिएर महत्वपूर्ण चाँसो छ । त्यसमाथि दुवै पार्टी पहिलोपटक संसद्मा आएकाले पनि उनीहरुको प्रतिनिधित्व सरकार र जनता दुवैका लागि चाँसोको विषय हुनु स्वभाविक हो ।

सरकार बनाउन कांग्रेस, माओवादी, समाजवादी, जसपा वा लोसपाको सिट पर्याप्त छ । तर जनमत र उन्मुक्ति पार्टीको समर्थन भएमा सरकार चलाउनेलाई सहज हुनेछ । यस्तो अवस्थामा जसपा, राप्रपा वा स्वतन्त्र पार्टीका सांसद पनि महत्वपूर्ण हुन सक्छन् ।

त्यसैले पनि यसपटकको चुनावबाट उदाएका स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पाटीको समर्थन, सहयोग र सहभागिता जसले सरकारमा लिन्छ, उसैले सरकारको नेतृत्व पनि कुशल रुपमा गर्न सक्छ भन्ने स्वभाविक रुपमा देखिन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : १७ बजे

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने