अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा « Khabarhub

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेका थिए । खेलको ३९ औं मिनेटमा मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका हुन् ।

खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो गोल खेलको ६७ औं मिनेटमा अल्भारेजले गरेका थिए । यो जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोडेको छ । चार अंक बनाएको पोल्याण्ड उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ५ : ०३ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने