अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा « Khabarhub

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेका थिए । खेलको ३९ औं मिनेटमा मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका हुन् ।

खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो गोल खेलको ६७ औं मिनेटमा अल्भारेजले गरेका थिए । यो जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोडेको छ । चार अंक बनाएको पोल्याण्ड उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ५ : ०३ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले