विश्वकप इतिहासमा पहिलो महिला रेफ्री | Khabarhub Khabarhub

विश्वकप इतिहासमा पहिलो महिला रेफ्री


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विश्वकप फुटबल २००२ को बिहीबार हुने समूह चरणको खेलमा अभूतपूर्व संयोग हुनेछ। कोस्टारिका र जर्मनीबीच हुने समूह चरणको खेलमा तीन जना महिला रेफ्री हुनेछन्। यो विश्वकप इतिहासमा नै पहिलो पटक हो। त्यसो त पुरुष विश्वकपमा महिला रेफ्री चयन भएको नै यो पहिलो पटक हो।

स्टेफन फ्रापर्ट विश्वकप फुटबलको इतिहासमा खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको रूपमा कीर्तिमान कायम गर्दै छिन्। यसअघि मेक्सिको र पोर्चुगल बीचको खेलमा ती फ्रान्सेली रेफ्री फोर्थ अफिसियल चयन भएकी थिइन्। विश्वकप इतिहासमा फोर्थ अफिसियल चयन हुने उनी पहिलो महिला हुन्।

कतार विश्वकप सञ्चालनका लागि फ्रापर्टसहित रुवान्डाकी सालिमा मुकान्सांगा र जापानकी योसीमी यामासिता तीन महिला छनोट भएका छन्।

फ्रापर्टले विश्वकप सञ्चालन गर्नु साँच्चै चुनौतीपूर्ण भएको बताउँदै अन्य कुनै कुरामा ध्यान नदिएर मैदान र आफ्नो काममा मात्र ध्यान दिन जरुरी भएको बताएकी छिन्। फ्रापर्टसँगै ब्राजिलका नेउजा ब्याक र मेक्सिकोका कारेन डियाज मेडिना हुने छन्। उनले यो क्यारियर सुरु गरे यता सधैँ फ्यान, खेलाडी तथा प्रशिक्षकबाट राम्रो सद्भाव पाएको बताउँदै यसैले आफूलाई उत्साहित गरेको बताएकी छिन्।

सन् २०२० मा उनले पुरुष च्याम्पियन्स लिग खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको रूपमा कीर्तिमान कायम गरेकी थिइन्। सन् २०१९ मै उनले लिभरपुल र चेल्सी बीचमा युइएफए खेल सञ्चालन गरेकी थिइन्। कतार विश्वकप सञ्चालनका लागि फ्रापर्टसहित रुवान्डाकी सालिमा मुकान्सांगा र जापानकी योसीमी यामासिता तीन महिला छनोट भएका छन्। फ्रापर्टका लागि यो पहिलो महत्त्वपूर्ण अनुभव होइन। यस अगाडि उनले सन् २०२१ मा नेदरल्यान्ड्स र लाट्भिया बीचको छनोट खेल पनि सञ्चालन गरेकी थिइन्।

जर्मनी र कोस्टारिका बीचको खेल साँच्चै महत्त्वपूर्ण छ। समूहको पुछारमा रहेको जर्मनीका लागि जित अति आवश्यक छ भने कोस्टारिकाको बराबरीले पनि अर्को चरणमा जान सक्ने सम्भावना रहन्छ।

सन् २०२० को अक्टोबरमा फ्रापर्टले पहिलो पटक युरोपा लिगमा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्। लीचेस्टर सिटी र जोर्या लुहान्सकको खेल उनले सञ्चालन गरेकी थिइन्। उनले फ्रेन्च लिग वानमा यस जिनमा १६ खेल सञ्चालन गरेकी थिइन्। ती खेलमा ३ दशमलव ८८ का दरले ६२ पहेंलो कार्डसमेत देखाएकी थिइन्। यस सिजनमा उनले एक जनालाई मात्र रातो कार्ड देखाएकी थिइन्।

सन् २०१९ को चेल्सी र लिभरपुल बीचको सुपर कप पछि उनले आफ्नो धारणा राखेकी थिइन्। उनले त्यस स्तरको ठूलो खेल सञ्चालन गर्न पाउनुलाई आफ्नो भाग्य भएको प्रतिक्रिया दिएकी थिइन्। ‘मैले दर्शकलाई हेर्दा उनीहरू हामीलाई अभिवादन गर्दै चिच्याइरहेका थिए, ’ तीन वर्ष अगाडिको गौरवमय क्षण सम्झँदै फ्रापर्टले भनिन्।

असिस्टेन्ट रेफ्रीमा नियुजा ब्याक र मेडिनाको साथमा अमेरिकी केथ्रीन नेब्रीट छन्। उनीहरूले एएफसी, काफ, कन्काकाफ, कोनबेल र युइएफएको प्रतिनिधित्व गर्ने छन्।

यो महोत्सवमा पाँच महादेशका ६ महिला रेफ्रीको संलग्नता छ। जारी विश्वकपका ६४ खेलका लागि १६४ रेफ्री चयन भएका छन्। यिनीहरू कुनै भागबन्डाको आधारमा नभई कार्य दक्षताको आधारमा नै चयन भएका हुन्। फिफाले गरेका प्रतियोगिता र अन्य घरेलु प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा ३६ रेफ्री, ६९ असिस्टेन्ट रेफ्री र २४ म्यान भिडियो रेफ्री चयन भएका छन्। यी नै मध्यका तीन महिला म्याच रेफ्रीमा फ्रापर्टसहित जापानकी योसुमी यामासिता र रुवान्डाकी सालिमा मुक्सान्गा छन्।

असिस्टेन्ट रेफ्रीमा नियुजा ब्याक र मेडिनाको साथमा अमेरिकी केथ्रीन नेब्रीट छन्। उनीहरूले एएफसी, काफ, कन्काकाफ, कोनबेल र युइएफएको प्रतिनिधित्व गर्ने छन्। यो छनोट प्रक्रिया लामो समयको अभ्याससँगै भएको हो। हरेक महिला रेफ्रीले फिफाका सिनियर र जुनियर प्रतियोगितामा गरेको प्रदर्शनलाई हेरिएको थियो।

खेल अगाडि नै म्याच अफिसियल दोहा पुगिसकेका थिए। उनीहरूले विगतको खेल रेकर्ड हेर्दै समीक्षा गरेका थिए। धेरै वर्ष अगाडिदेखि सेमिनार मार्फत आफ्ना कमजोरी हटाउँदै लगेका उनीहरूले विश्वकपमा अगाडि पनि धेरै लामो छलफल र बहसमा आफूलाई केन्द्रित गरेका थिए।

सेमिनारमा संसारका अन्य धेरै देशका अफिसियल जस्तै इङ्गल्यान्डका अफिसियल पनि थिए। एन्थोनी टेलर, बेरी गेस्वीक र एडम नन सहित माइकल ओलिभर, सिमोन बानेट र स्टुवार्ट बर्ट त्यहाँ थिए। उनीहरूका अनुसार हरेकको भिन्न भिन्नै परीक्षण त्यस समयमा पनि भएको थियो। कतारमा जारी प्रतियोगितामा सबै जना पूर्ण फिट भएको आभास त्यसै समयमा भएको थियो।

उनीहरूकै मतमा पनि विगतमा ती महिला रेफ्रीले सञ्चालन गरेका हरेक खेल संसार भरका लाखौँले हेरेका थिए। त्यो हेरेर नै फिफाले उनीहरूलाई जिम्मेवारी दिन कुनै हिचकिचाहट नगरेको हो। अहिले अन्य धेरै महिला रेफ्री संसारका धेरै देशमा अगाडि बढीरहेका छन्। इङ्गल्यान्डकी नाटाली इस्पानेल लगायत महिला रेफ्री अहिले बेजोड ढङ्गले आफ्नो खुबी निखार्दै छन्।

पेसाले नर्स रहेकी सालिमा सन् २०१२ मा यस क्षेत्रमा प्रवेश गरेकी थिइन्। त्यसपछि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएकी उनले टोकियो ओलम्पिकमा पनि रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्।

रेफ्रीको रूपमा नौ वर्ष बिताइ सकेकी क्रिस्टी ड्रोलकै विचारमा त यो संसारको फुटबलमा नै एउटा क्रान्तिकारी कदम हो। सबै अभिभावकले आफ्ना सन्तानलाई रेफ्री बनाउन यसले प्रेरित गरेको उनको मत छ।

सालीमाको हकमा पनि यस अगाडि नै केही कीर्तिमान बनी सकेका थिए। उनले सन् २०१९ को महिला विश्वकप पनि सञ्चालन गरेकी थिइन्। यसै वर्ष उनले अफ्रिकन नेसन्स कप सञ्चालन गर्ने पहिलो महिला रेफ्रीको रूपमा कीर्तिमान राखेकी थिइन्। पेसाले नर्स रहेकी सालिमा सन् २०१२ मा यस क्षेत्रमा प्रवेश गरेकी थिइन्। त्यसपछि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएकी उनले टोकियो ओलम्पिकमा पनि रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्।

रुवान्डाकी पश्चिमी प्रान्तको रुसीजी जिल्लामा जन्मिएकी ३४ बर्सिया सालीमाको रेफ्री जीवनको सुरुवात त्यत्ति सुखद थिएन। सन् २००७ मा उनले रेफ्री प्रशिक्षण लिँदा ४० जनाको क्याम्पमा ४ जना महिला थिए। समय व्यवस्थापनको कठिनाइका कारण अन्य महिलाले यस क्षेत्रमा निरन्तरता दिन नसके पनि आफू मुस्किलले अगाडि बढेको उनले बताइन्।

जापानकी यासिमी यामासितोले एक साता अगाडी नै बेल्जियम र क्यानडा बिचको खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरेकी थिइन्। सन् १९८६ मा जन्मिएका यामासितोले विश्वकपमा इरान र इङ्गल्यान्ड बीचको खेलमा पनि फोर्थ अफिसियलको भूमिका निर्वाह गरेकी थिइन्।

त्यसो त कठोर धार्मिक मान्यता भएको अफ्रिकाकै सवालमा ड्रेस कोड पनि उनका लागि अप्ठेरो थियो। सन् २०१२ मा फिफा रेफ्री भएपछि उनका सफलताका पाइला निरन्तर अगाडि बढेका हुन्। सन् २०१४ मा उनले जाम्बीया र तान्जानीया बिचको अफकोन छनोट खेल सञ्चालन गरेकी थिइन्। त्यसको एक वर्ष पछि नै उनले केही महत्त्वपूर्ण प्रतियोगिता सञ्चालनको अवसर पाएकी थिइन्। सन् २०१८ मा उरुग्वेमा भएको यु–१७ विश्वकप पनि उनले सञ्चालन गरेकी थिइन्।

जापानकी यासिमी यामासितोले एक साता अगाडी नै बेल्जियम र क्यानडा बिचको खेलमा फोर्थ अफिसियलको भूमिका निर्वाह गरेकी थिइन्। सन् १९८६ मा जन्मिएका यामासितोले विश्वकपमा इरान र इङ्गल्यान्ड बीचको खेलमा पनि फोर्थ अफिसियलको भूमिका निर्वाह गरेकी थिइन्।

सन् २०१९ को महिला विश्वकप र टोकियो ओलम्पिकमा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्। पुरुषको जे लिग र एएफसी च्याम्पियन्स लिगमा रेफ्रीको भूमिका निर्वाह गर्ने उनी पहिलो महिला रेफ्री हुन्।

रेफ्रीको नाम घोषणा हुनु अगाडिसम्म उनका लागि यो जिम्मेवारीको अपेक्षा नै थिएन। फिफाले महत्त्वपूर्ण अवसर दिएसँगै उनी भाव विभोर भएकी छिन्। यो अवसरले महिलामा रेफ्री बन्ने चाहना बढ्दै गएको र यसको सम्भावना बढ्दै गएको उनको भनाइ छ।

यस विश्वकपका धेरै उल्लेख्य पाटा मध्य महिला रेफ्रीलाई दिइएको यो अवसर भने फुटबल इतिहासकै एउटा नयाँ आयाम बनेर रहने छ। स्रोत : बीबीसी, द सन, द गार्जीयन, एमजीडटसीओ

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ८ : ३९ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन