सांकेतिक तस्वीर

देश/प्रदेश

सडक पिच गरिरहेको ग्रेडरले किच्दा किशोरीको मृत्यु

By खबरहब

December 01, 2022

काठमाडौँ- कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित सडक पिच गरिरहेको ग्रेडरले किच्दा एक किशोरीको मृत्यु भएको छ ।

साइकल चलाइरहेकी किशोरीको ग्रेडरले ब्याक गर्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनगढी ५ तारानगरकी १५ वर्षीय चेतना साउद हुन् ।

बिहीबार बिहान साढे १० बजेतिर सडक पिच गरिरहेको  ना १ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउदलाई ठक्कर दिँदा दुर्घटना भएकाे हो ।

ग्रेडर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।