नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले जिते « Khabarhub

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले जिते


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए ।

केसी सोलुखुम्बुबाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवारले हराएका छन् । सोलुखुम्बुमा एमालेले २५ वर्षपति सफलता पाएको हो । बहालवाला गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भए । उनलाई एमालेको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरे । खाण नेविसंघका साथै तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । पार्टीमा बलियो पकड भएका खाणको हारलाई कांग्रेसमा अनपेक्षित भनिएको छ ।

नेविसंघका ६ जना पूर्वअध्यक्षले भने चुनाव जितेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संघको पूर्वअध्यक्ष हुन् । देउवासँगै ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, प्रदीप पौडेलले चुनाव जितेका छन् । देउवा डडेल्धुरा, कार्की सुनसरी ४, साउद कञ्चनपुर २, शर्मा झापा १, राठौर बाँके ३ र पौडेल काठमाडौं ५ बाट निर्वाचित भएका छन् ।

नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष धनराज गुरुङ सम्भावित प्रतिनिधिसभा सदस्य हुन् । उनी उम्मेदवार बनेको स्याङ्जा २ मा मतगणना जारी छ ।

संघकै पूर्वअध्यक्ष विमलेन्द्र निधि पनि सांसद हुने भएका छन् । अघिल्लो निर्वाचनमा धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका निधि यसपटक समानुपातिक सूचीमा बसेका छन् । कांग्रेसबाट प्रत्यक्षतर्फ महिला एकजना मात्र निर्वाचित भएकाले ३३ प्रतिशत पुर्याउनै पर्ने बाध्यता भएकाले निधि बडो मुस्किलले सांसद हुने सूचीमा छन् । कांग्रेसले ३२ सिट समानुपातिकबाट पाएमा २७ जना महिलालाई सांसद बनाउनुपर्ने अवस्था छ ।

नेविसंघका पूर्वमहामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । अर्का महामन्त्री कुन्दनराज काफ्ले दोलखा (क) बाट उम्मेदवार बनेका छन् । उनको क्षेत्रमा आज मतदान भइरहेको छ । संघका अर्का महामन्त्री रामकृष्ण चित्रकार ललितपुर २ (क) बाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : ०७ बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र