राष्ट्रिय क्रिकेटमा लुम्बिनीद्वारा प्रदेश–१ पराजित « Khabarhub

राष्ट्रिय क्रिकेटमा लुम्बिनीद्वारा प्रदेश–१ पराजित


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गरेको छ ।

आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए भने आकाश त्रिपाठीले १७ रन जोडे । त्यस्तै प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुसाल ८ रनमा अविजित रहे ।

हारसँगै प्रदेश-१ भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश–१ का लागि कप्तान दिपेश कँडेलले तीन विकेट लिए भने विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो ।

प्रदेश १ का लागि शुभम गहतराजले २२ रन जोडे भने स्टाइन रिजालले १९ रन बनाए । त्यसबाहेकका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए भने दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुलबहादुर थापाले समान १|१ विकेट लिए । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अङ्क बनाएको छ । समान ५ खेलबाट ४ अङ्क भएको प्रदेश १ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : २६ बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी