जाजरकोटमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु « Khabarhub

जाजरकोटमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका ४ की ६१ वर्षीया विजया शाहीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

भेरी नगरपालिका ३ तल्लो थाप्लेमा पैदल हिँडिरहेकी शाहीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।

बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहेकी शाहीलाई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

भेरी नगरपालिका ३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख निरौलाले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ३४ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका