सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको प्रस्तावमा सीके राउत सकरात्मक « Khabarhub

सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको प्रस्तावमा सीके राउत सकरात्मक


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ, निधिले भने ।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ ।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ४६ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव