नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए « Khabarhub

नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गएको नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डको तथ्यांकअनुसार अधिकांश पर्यटकहरु हवाइमार्ग भएर नेपाल आएका हुन् ।

जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यीमध्ये नोभेम्बर महिनामा मात्र ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका हुन् ।

पर्यटन बोर्डका अनुसार जनावरी महिनामा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल आएका थिए ।

त्यसैगरी जुन महिनामा ४६ हजार ९ सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४, अक्टोबरमा ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार