स्रोत नखुलेको ११ लाख रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित दुई जना पक्राउ


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट मंसिर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षीय राजेश प्रसाद यादव छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ५७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर