दोलखाका १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो « Khabarhub

दोलखाका १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो ।

ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ७ : ४० बजे

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

पाल्पा– गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा

एमाले सांसदको आरोप- सत्तापक्षले अदालतका निर्णयमा राजनीतिक आक्रोश पोखे, न्यायाधीश धम्क्याए

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले विगत केही दिनदेखि न्यायिक

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

नारायणगढ– चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना

लमजुङका छ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

लमजुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ

मौरीगोला सुरक्षित स्थानमा सार्न आग्रह

चितवन– आगामी १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले