चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति सी चिनफिङलाई आज शोक सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सन्देशमा पूर्वराष्ट्रपति जियाङको निधनले नेपालले एक सच्चा र प्रतिष्ठित मित्र गुमाएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको घनिष्ठ मित्रता र सहयोगलाई थप सुदृढ बनाउन सन् १९९६ मा पूर्व राष्ट्रपति जियाङको नेपालको औचापरिक भ्रमणको समेत स्मरण गरेकी छिन् ।

यसैगरी प्रधानमन्त्री देउवाले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङलाई आफ्नो शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति जियाङ नेपालको परममित्र र शुभचिन्तक रहनुभएको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच लामो समयदेखिको सौहार्दता, मित्रता र सहयोगको सम्बन्धलाई सुमधुर बनाउन दिवंगत पूर्व राष्ट्रपति जियाङले पुर्याएको योगदानको पनि स्मरण गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १० : १६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग