दिपायल-सिलगढी नगरपालिकामा कम्बल वितरण « Khabarhub

दिपायल-सिलगढी नगरपालिकामा कम्बल वितरण


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – जिल्लामा भएको हिमपातका कारण चिसो बढेपछि यहाँको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ ।

चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका विपन्न वर्गका नागरिकसहित एकल महिला निकै खुशी भएका छन् ।

कांग्रेसका नेता लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ का ८०, वडा नं ८ का ७०, वडा नं ६ का ७० जना एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ ।

नगरपालिकाका नौ वडामा रहेका नागरिकलाई चिसोबाट जोगाउनका लागि ६४० थान कम्बल तथा ३०० थान सल ल्याइएको र बाँकी रहेका वडामा केही दिनभित्रै वितरण गरिने योजना रहेको काँग्रेस उपसभापति विजय खड्काले जानकारी दिए ।

प्रतिव्यक्ति एउटा कम्बल र न्यानो सलका दरले वितरण गरिएको छ । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ३६ बजे

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी