पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र « Khabarhub

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दशरथ रंगशालामा बेलुकी पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ । मछिन्द्रले जिते शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने बराबरी वा हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ ।

गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन ।

यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी क्लब लाइसेन्स छ । जसमध्ये शीर्षस्थानमा रहने एक टोली सातौं चरणपछि एएफसी छनोटमा स्थान बनाउनेछ ।

पुलिसको सामना गर्दा मच्छिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ । सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ ।

त्यसैले एएफसी कप छनोटका लागि मच्छिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मच्छिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।

पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैठौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : १९ बजे

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?

काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई

कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै