विवादमा तानिए विक्की कौशल « Khabarhub

विवादमा तानिए विक्की कौशल


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् ।

उनी अहिले नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्यप्रदेशको इन्दौरमा छन् ।

केही दिनअघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए । उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन् । फिल्मको एक दृश्यमा विक्कीले सारालाई बाइकमा राखेर सहर घुमाउनुपर्ने हुन्छ । यही दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अहिले यही दृश्यलाई लिएर विवाद सुरु भएको छ । विक्कीमाथि सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप लागेको छ । प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैरकानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।
बाइकका मालिक इन्दौरका जयसिंह यादव हुन् । भिडियोमा देखिएको बाइकको नम्बर जयसिंहकै हो । जयसिंहले पनि अन्य व्यक्तिले भनेपछि मात्र आफ्नो बाइक नम्बर प्रयोग गरिएको थाहा पाएका थिए ।

उनले बाइक एरोड्रम शोरुमबाट २५ मे २०१८ मा किनेका थिए । फिल्म निर्माताले उनको एक्टिवाको नम्बर कसरी लगाए र यो नम्बरको बाइक दुर्घटनामा भएको भए को जिम्मेवार हुन्थ्यो भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विक्की र निर्मातामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ५४ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ