प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना « Khabarhub

प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् ।

आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् ।

‘विश्वमा केवल एक राहु केतु मन्दिर छ । यो तिरुपति बालाजीको नजिक छ । यहाँ केही अनुष्ठान गरें । पाँच मौलिक लिंगोमध्इे वायु (वायु तत्व) लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘म आफ्नो प्रिय दुश्मनको दयाका लागि यहाँ गएकी थिएँ । यो वर्ष मलाई कम प्रहरी उजुरी/एफआईआर तथा बढी प्रेम पत्र चाहिएको छ । जय राहु केतुजी को ।’

कामको कुरा गर्दा कंगना आगामी फिल्म ‘धाकड’को तयारीमा छिन् । जुन एक्सन थ्रिलर फ्लेभरमा छ । यो फिल्म सन् २०२२ को अप्रिल ८ मा रिलिजको तयारीमा थियो । तर निर्माताले यसलाई मेसम्म सारेका छन् ।

उनको हातमा फिल्म ‘तेजस’पनि छ । यो फिल्मले एक साहसी महिला पाइलटको कथा देखाउनेछ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १ : ०५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ