प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना | Khabarhub Khabarhub

प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् ।

आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् ।

‘विश्वमा केवल एक राहु केतु मन्दिर छ । यो तिरुपति बालाजीको नजिक छ । यहाँ केही अनुष्ठान गरें । पाँच मौलिक लिंगोमध्इे वायु (वायु तत्व) लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘म आफ्नो प्रिय दुश्मनको दयाका लागि यहाँ गएकी थिएँ । यो वर्ष मलाई कम प्रहरी उजुरी/एफआईआर तथा बढी प्रेम पत्र चाहिएको छ । जय राहु केतुजी को ।’

कामको कुरा गर्दा कंगना आगामी फिल्म ‘धाकड’को तयारीमा छिन् । जुन एक्सन थ्रिलर फ्लेभरमा छ । यो फिल्म सन् २०२२ को अप्रिल ८ मा रिलिजको तयारीमा थियो । तर निर्माताले यसलाई मेसम्म सारेका छन् ।

उनको हातमा फिल्म ‘तेजस’पनि छ । यो फिल्मले एक साहसी महिला पाइलटको कथा देखाउनेछ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १ : ०५ बजे

टिपरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर

केरामा देखिएको रोग नियन्त्रण गर्न माग

टीकापुर– कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने

काठमाडौं- सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन हुने भनिएको

जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत

जनकपुरधाम– विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

बैतडी– बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ