१३ जुवाडे ५२ हजार रुपैयाँसहित पक्राउ « Khabarhub

१३ जुवाडे ५२ हजार रुपैयाँसहित पक्राउ


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट-  जाजरकोटको  भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा भेरी नगरपालिका–५ का ४२ वर्षीया दलबहादुर घर्ती, भेरी–४ को ४६ वर्षीय प्रचण्डजंग शाह, भेरी–८ का २५  वर्षीय जीवन खत्री, भेरी–४ का २७ वर्षीय प्रभात केसी, भेरी–६ बस्ने ३४ वर्षीय शशी बुढा,  भेरी–४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ,  भेरी–४ का २७ वर्षीय २७ नीराजन भडेल, छेडागाड नगरपाललिका– १३ का ४२  वर्षीय कर्णबहादुर खड्का छेडागाड–५ का ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड–१० का ३६  वर्षीय प्रशुराम गिरी कुशे गापा–९ का वर्ष ४८ को दिकपाल आरसीजी, रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ का २० वर्षीय विकाश विक र चौरजहारी नगर–३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीले  खालबाट दुई लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ ।

उनीहरूलाई थुनामा राख्न म्याद थपका लागि प्रक्रियाअगाडि बढाउन लागिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका घर्ती भेरीको प्रमुख प्रशाकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली कांग्रेस भेरीका सभापति हुन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै