शाही, पौडेल र गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत « Khabarhub

शाही, पौडेल र गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेलले केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् ।

यसअघि शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनीत गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  २ : ३५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण