माओवादीमा सर्वसम्मतीको सकस, निर्वाचन तालिका तेस्रो पटक संशोधन « Khabarhub

माओवादीमा सर्वसम्मतीको सकस, निर्वाचन तालिका तेस्रो पटक संशोधन


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयनमा सकस भएको छ ।

सर्वसम्मतीको प्रयासमा शनिबार नै सकिने भनिएको महाधिवेशन आजसम्म लम्बिएको छ । सर्वसम्मतीका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिए पनि त्यसमा पनि सहमति नजुटेपछि निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।

माओवादीमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी आधारमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी विधान संशोधन भएको छ । यस्तै मनोनित गरिने केन्द्रीय सदस्य प्रतिशत १० बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  २ : ५० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका