बेपत्ता परिवारका सदस्यलाई परिचय पत्र बाँड्दै आयोग « Khabarhub

बेपत्ता परिवारका सदस्यलाई परिचय पत्र बाँड्दै आयोग


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्लामा द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण गरेको छ । आयोगका पदाधिकारीहरूको उपस्थितिमा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका नजिकका हकदार तथा परिवारका सदस्यहरूलाई द्वन्द्व पीडित परिचय पत्र वितरण गरिएको हो ।

ओखलढुंगामा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्ति २२ जना पहिचान भएका छन् । केही वर्ष पहिले उजुरी आह्वान गरेर आयोगले छानबिन गर्न अभिलेख तयार गरेको थियो । त्यसरी पहिचान भएका व्यक्तिका परिवारका सदस्य तथा नजिकका हकदारलाई परिचय पत्र वितरण गरिएको हो । देशभर २ हजार ५५५ जना बेपत्ता व्यक्ति रहेको आयोगका अध्यक्ष युवराज सुवेदीले बताए ।

उनले सञ्चारकमर्मीहरूसँग कुरा गर्दै द्वन्द्व पीडितलाई सबैले सकेको सहयोग सेवा सुविधा तथा राज्यबाट परिपूरण हुनुपर्ने र उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरे । देशभर हालसम्म २ हजार ९३ लाई परिचय पत्र वितरण गरिएको पनि उनले जानकारी गराए । ओखलढुंगामा भने ८ घटनाका १० जना पीडितलाई जिल्लाबाट परिचय पत्र वितरण गरिएको छ भने अन्यलाई उनीहरूको अनुकूलतामा काठमाडौंबाट गर्ने तयारी भएको बताइएको छ ।

यसरी परिचय पत्र पाउने पीडितहरूलाई राज्यका निकायले स्वास्थ्य तथा शिक्षा रोजगारको सुनिश्चितता गर्न, आयकर, यातायातमा आधा छुट, सहुलियतपूर्ण व्याजमा ऋण तथा प्रदेश स्तरमा कम्तीमा १० र पालिका तहमा कम्तीमा २ जनालाई रोजगारीको सुनिश्चितता गर्न सरकारलाई सिफारिस समेत गरिसकेको छ । स्थानीय सरकार र प्रदेश सरकारले रोजगारी तथा आवासको व्यवस्था स्वास्थ्य शिक्षाको निस्शुल्क व्यवस्था गर्न अध्यक्ष सुवेदीले आग्रह गरे ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : २३ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै