पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड « Khabarhub

पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् ।

नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो ।

‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो,’ उनले भने, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ।’
माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : १६ बजे

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । 

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१