पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड « Khabarhub

पदाधिकारीमा लगभग सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ : प्रचण्ड


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको टुंगो भोलि लाग्ने बताएका छन् ।

नेकपा माओवादीको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रचण्डले पदाधिकारीमा लगभग सहमति भएको बताउँदै भोलि टुंगो लाग्ने दाबी गरे । सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने उनको भनाइ थियो ।

‘विधान अनुसार पदाधिकारी केन्द्रीय समितिले टुंगो लगाउने हो,’ उनले भने, ‘कतिपयले आजै टुंगो लगाऔं भने तर भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ।’
माओवादीमा १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै