विदेशमा रहेका युवाको सहयोगमा एम्बुलेन्स | Khabarhub Khabarhub

विदेशमा रहेका युवाको सहयोगमा एम्बुलेन्स


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिकापुर – रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए। ‘यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो’, उनले भने । विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा रु ११ लाख ७६ हजारमा एम्बुलेन्स खरिद गरिएको हो ।

एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका लागि धन्यवाद दिए । ‘एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको छ । पैसा भएकाले होइन समाजसेवा र सहयोग गर्ने मन भएकाले मात्र यो गर्न सक्छन्’, उनले भने ।

हाल नगरपालिकाले रेडक्रसमार्फत सुत्केरी र गर्भवतीलाई सेवा दिन एम्बुलेन्स सञ्चालन गरिरहेको छ । टीकापुरमा हाल योसहित आठ एम्बुलेन्स सञ्चालनमा छन् । नगरपालिकाले हरेक वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनाअनुरुप काम गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ०८ बजे

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि