भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल « Khabarhub

भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन्।

तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले बहुजातीय, बहुधार्मिक र बहुप्राकृतिक विशेषतायुक्त नेपालका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताएका छन्।

यस्ता पर्वले मौलिक संस्कृति प्रवर्द्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सोनाम ल्होसारले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ४२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी