बेसीशहरका दुई सय किसानलाई हातेट्याक्टर « Khabarhub

बेसीशहरका दुई सय किसानलाई हातेट्याक्टर


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।

वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए ।

नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर वितरण गरेको छ । ७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईले बताए ।

हातेट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : ३० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार