गाउँपालिकाद्वारा होमस्टेका नाममा २५ लाख « Khabarhub

गाउँपालिकाद्वारा होमस्टेका नाममा २५ लाख


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, ‘रक क्लाइम्बिङ’,मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेको छ ।

पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

रकमबाट आवश्यकता अनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न पाइनेछ ।

दुई वटा ‘रक क्लाइम्बिङ’लाई पनि बजेट दिइएको छ । मर्स्याङदी ४, च्याम्चेमा रहेको तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख र घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’अध्ययनका लागि एक लाख बजेट दिइएको छ ।

ताङलीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख, भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख र पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : ४५ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार