अभिनेता अमिताभ दयालको निधन | Khabarhub Khabarhub

अभिनेता अमिताभ दयालको निधन


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् ।

‘१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए । तर आज पुनः उनलाई हृदयघात भएपछि निधन भयो’, मृणालिन्नीले भनेकी छन् ।

अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले श्रीमति मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ये दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे ।

उनको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।

अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए । यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए । उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०२ बजे

काठमाडौँ महानगरमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौं– एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा

भियतनाममा पहिरोमा पुरिएर छ जनाको मृत्यु

एजेन्सी– भियतनाममा भारी वर्षाले निम्त्याएको पहिरोका कारण कम्तिमा छ जनाको

कैलाली एक जना मृत अवस्थामा फेला

कैलाली–  गौरीगंगा नगरपालिका-६ मोया बस्ने ३२ वर्षीय पदम विक आफ्नै घरमा

शेख हसिनाविरुद्धको मुद्दामा फैसला आउँदै, बंगलादेशभर तनाव

ढाका- भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाविरुद्धको मुद्दामा

करिब ५४ किलोग्राम गाँजा बरामद

बारा– पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार