अभिनेता अमिताभ दयालको निधन « Khabarhub

अभिनेता अमिताभ दयालको निधन


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् ।

‘१७ जनवरीमा हृदयघात भएपछि उनलाई मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखियो । उपचारपछि गत शनिबार उनी कोरोना मुक्त भएका थिए । तर आज पुनः उनलाई हृदयघात भएपछि निधन भयो’, मृणालिन्नीले भनेकी छन् ।

अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले श्रीमति मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ये दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे ।

उनको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।

अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए । यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए । उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित