पाँच क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन अल्टिमेटम « Khabarhub

पाँच क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन अल्टिमेटम


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७÷७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो ।

सात कम्पनीले रु ८७ करोड १५ लाख १५ हजार बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी छन् ।

पर्यटन विभागले आज सार्वजनिक सूचना जारी गर्दै पटकपटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागका अनुसार बक्यौता नबुझाउने क्यासिनो इजाजतपत्र लिएको कम्पनी होटेल याक एन्ड यति प्रालिले रु २० करोड ६८ लाख १५ हजार र ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटेल) ले रु १८ करोड ७६ लाख तिर्नुपर्नेछ ।

त्यस्तै क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले रु २१ करोड ५५ लाख, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ र सेन्ट्रल मिडियाले रु १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : १५ बजे

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं– सिजी ब्राण्डले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेभलअप!उइथसीजी भन्ने मूल नाराका

एडीबीले नेपाललाई वित्तीय सङ्घीयता सुदृढीकरणका लागि सहयोग गर्ने

काठमाडौं– नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदनमा सर्वोच्च

श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित

काठमाडौं– श्रम संस्कृति पार्टीले पार्टी उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)