जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने « Khabarhub

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।

कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज यसबारेमा जानकारी दिँदै कोभिड– १९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्द गरेका सेवा पनि यही २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने बताइन् ।

आलोपालो प्रणाली अनुसार आइतबार, मङ्गलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ०० बजे

लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच