सलमानसँग भ्यालेन्टाइन मनाउदै कटरीना | Khabarhub Khabarhub

सलमानसँग भ्यालेन्टाइन मनाउदै कटरीना


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरीना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन् । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् ।

कटरीना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन् । त्यसअर्थमा उनको यसपटकको भ्यालेन्टाइन अभिनेता सलमान खानसँग हुनेछ । अभिनेता सलमान खान र अभिनेत्री कटरीनाको ‘टाइगर ३’को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो । तर, कोभिड १९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो ।

अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन् । उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन् । यो समय तालिका १५ दिनको हुनेछ । जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ ।

निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन् । फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ । प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्ण रुपमा पालना गर्ने तयारीमा छ । सलमान र कटरीना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्लीमा पुग्नेछन् र १४ फेब्रुअरीबाट फिल्मको काम सुरु गर्नेछन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ३१ बजे

फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं- साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को नयाँ पोस्टर

बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य

अध्यक्ष चन्द्र ढकालको प्रतिक्रिया : आर्थिक विकासका लागि बजेट सकारात्मक

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको

आजका समाचार : आगामी वर्षलाई १८ खर्बको बजेटदेखि सिरोहिया हेलिकप्टरबाट काठमाडौंसम्म 

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन सहकारी

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने

काठमाडौं– सरकारले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने भएको