शीतकालीन ओलिम्पिक्सको टर्च रिले सुरु | Khabarhub Khabarhub

शीतकालीन ओलिम्पिक्सको टर्च रिले सुरु



काठमाडौं–चीनको बेइजिङमा आयोजना हुने शीतकालीन ओलिम्पिक्सको टर्च रिले सुरु भएको छ । शुक्रबारबाट आयोजना हुने उद्घाटन समारोहमा हजारभन्दा बढी टर्चवाहकहरु बेइजिङ र जाङजियाकोउको विभिन्न प्रतियोगिता स्थलतर्फ प्रस्थान गर्नेछन् ।

चीनले कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै केवल सीमित दर्शकको उपस्थितिमा रिले सञ्चालन गर्ने भएकाले सर्वसाधारणलाई अनलाईनमार्फत नै रिले अवलोकन गर्न आग्रह गरेको छ । रिलेको पहिलो ३ धावकमा सन् १९६३ मा चीनमा आयोजना भएको पहिलो शीतकालीन ओलिम्पिक्सका विजेता ८० वर्षीय पूर्व स्केटर लुव जिनहान, अन्तरिक्ष यात्री जिन हाई पाङ र चेनआई वान उपग्रह डिजाइनर ई पेसन रहेको बेइजिङ डेलीले जनाएको छ ।

रिलेमा एनबीए खेलाडी र ओलिम्पियन याओ मिङ पनि उपस्थित हुनेछन् । माघ २१ बाट सुरु भई फाल्गुण ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा खेलाडीलाई दर्शकको सम्पर्कभन्दा टाढा राख्ने र सीमित दर्शकको उपस्थितिमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । कोभिड–१९ को महामारीका कारण खेलाडीको छनोट प्रक्रिया सञ्चालन गर्न नसक्दा शीतकालीन ओलिम्पिक्समा नेपालको सहभागिता भने नहुने भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ३० बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड