प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त « Khabarhub

प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा मंगलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : ०० बजे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक

विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा