सीटीईभीटीका स्थगित परीक्षाहरू फागुन ६ गतेबाट हुने « Khabarhub

सीटीईभीटीका स्थगित परीक्षाहरू फागुन ६ गतेबाट हुने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित गरेका परीक्षाहरू सञ्चालन हुने भएका छन् ।

सीटीईभीटीले आज सूचना जारी गर्दै कोभिड–१९ का कारण स्थगित गरिएका परीक्षाहरू फागुन ६ गतेबाट सञ्चालन हुने जानकारी दिएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षाहरू सञ्चालन गरिने पनि सीटीईभीटीले जनाएको छ ।

यसअघि, माघ महिनामा सुरु हुने भनिएका सबै परीक्षाहरू माघ १२ गते सूचना निकालेर स्थगित गरिएको थियो । परीक्षा स्थगित गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले निरन्तर विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका थिए ।

सीटीईभीटीले डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगित गरिदिएको थियो ।

अब यी सबै परीक्षाहरू सञ्चालन हुने जानकारी दिँदै सीटीईभीटीले तालिका पनि निकालेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : २१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी