विमल घर्तीमगरको 'फेरिएको रुप' | Khabarhub Khabarhub

विमल घर्तीमगरको ‘फेरिएको रुप’


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको डिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चोट बोके ।

२०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको चोटपछि एमआरआई रिपोर्टमा एन्टेरियल क्रुसिएर लिगामेन्ट (एसीएल) र मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) गएपछि विमल करिब एक वर्ष नै मैदान बाहिर रहे । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा विमलले विश्वप्रसिद्ध कतारको अस्पेटार अस्पतालमा पुस २०७७ मा उपचार पाए ।

रिकवरीपछि विमल असोज २०७८ मा यु-२३ राष्ट्रिय टोलीसँगै अभ्यासमा फर्किए । लगत्तै सहिद स्मारक ए डिभिजन लिग खेल्न साविक विजेता मछिन्द्र फुटबल क्लबसँग जोडिए । सुरुवाती खेलमा जम्न समय खर्चिएका विमलले पछिल्ला खेलहरूमा आफूलाई प्रमाणित गरे । जारी लिगमा ८ खेल खेल्दा ४४५ मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएर तीन गोल गरे ।

यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विमललाई राष्ट्रिय टोलीमा ‘कमब्याक’ गराए । मौरिसससविरुद्धको दुवै खेलमा विमल टोलीमा थिए । पहिलो खेलमा प्लेईङ सेटमा खेलेका विमलले मैदानमा ७४ मिनेट विताउँदै १ गोल गरे । अन्जन बिष्टको पासमा ५५औं मिनेटमा विमलले गरेको गोलमा नेपाल विजयी समेत भयो ।

जुन गोल विमलले भदाै २०७५ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्ध गरेपछिको थियो । दोस्रो खेलमा भने विमलले ४६ मिनेटपछि मैदानमा प्रवेश पाए । गोल भने भएन । तर, उनले अग्रपंक्तिमा आफूलाई प्रमाणित गर्दै विपक्षी रक्षकलाई दबाबमै राखे । लेफ्ट ब्याक पोसिजनमा खेलिरहेका सुजल श्रेष्ठले १०औं मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल १-० ले विजयी भयो । पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँग नेपालले दुबै मैत्रीपूर्ण खेलमा आफ्नो कब्जा जमायो ।

अब, भने विमलले आफूलाई सुधारिएको र फेरिँदै खेलमा फर्किएको संकेत गरेका छन् । उनले मैदान बाहिर रहँदासमेत सधै भावनात्मक रुपमा राष्ट्रप्रति साथ रहिरहेको जनाए ।

‘निकै लामो समय प्रत्यक्षरूपमा मैदान भित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरह्यो,’ २४ वर्षीय विमलले दुई खेलपछि भनेका छन् ।

विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । १५ वर्षको उमेरमै डेब्यु गरेका विमलले हालसम्म नाै गोल गरिसकेका छन् । विमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोलसँग चर्चा बढुलेका थिए ।

त्यसयता उनको जीवनमा ठूलै उतारचढाव रह्यो । कहिले घरायसी कारण त कहिले आफ्नै व्यवहार । पछिल्लो समय कहिले ‘होस्टेल काण्ड’ कहिले ‘डिस्को काण्ड’ उनि चर्चामा आइरहे । साथै एन्फाको कारबाहीमा पनि ।

कात्तिक २०७६ मा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध थिम्पुमा खेल्नुअघि अघिल्लो रात ठमेलको क्लबमा भेटिएपछि तत्कालीन स्विडिस प्रशिक्षक योहान कालिनले विमलसहित चार खेलाडीलाई तत्कालनै टोली बाहिर राखे । विमल ९० दिन कुनै पनि फुटबल प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धमा परे ।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विमल नेपालको झण्डा अंकित जर्सी लगायर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुरासँग तुलना हुन नसक्ने मान्छन् ।

‘उतार चढाव पश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डाअंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउदाको क्षणलाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिन,’ देशका लागि ३७ क्याप जितेका विमल भन्छन् ।

यसअघि लिगका दौरान बोल्दै विमलले आफू सोहि ब्यक्ति भएपनि आफ्नो बानी व्यहोरा र आचरण सुध्रिएको बताएका थिए । जुन उनले मैदानमा समेत देखाएका छन् ।

उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका विमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन् ।

यसैले नै विमल भन्छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु ।’

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ३५ बजे

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

बाँके– बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर

साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान

काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित

मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका

पर्यटन प्रवर्द्धन गर्न इच्छाकामनामा पञ्चमी मेला आयोजना

चितवन– पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल