मुगुका अग्निपीडितले त्रिपालमै मनाए ल्होसार | Khabarhub Khabarhub

मुगुका अग्निपीडितले त्रिपालमै मनाए ल्होसार


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुका अग्निपीडितले यस वर्षको सोनाम ल्होसार त्रिपालभित्र नै मनाएका छन् । गत कात्तिक २९ मा गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसोतसो सोनाम ल्होसार पर्व मनाएका हुन् ।

विगतमा विभिन्न प्रकारका मिठाईलगायत सामाग्री बनाएर पाहुनाहरूसँग रमाइलो गरी ल्होसार मनाउने गरेका उनीहरूले यस वर्ष कसैलाई बोलाउन नसकिएको बताए ।

१५ दिनसम्म चल्ने सोनाम ल्होसारमा तामाङ समुदायले एक आपसका सद्भाव र प्रेम साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने परम्परा छ ।

तामाङ समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा पनि मनाउने गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ५० बजे

एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीच संगठनात्मक

मातृभूमि अभियान नफापेपछि माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन– वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि