खप्तड गोल्डकप फागुन तेस्रो सातादेखि | Khabarhub Khabarhub

खप्तड गोल्डकप फागुन तेस्रो सातादेखि


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो साताबाट सुरुहुने भएको छ । आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।

दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०-२० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०-१० हजार पुरस्कार प्रदान गरिनेछ ।

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई दैनिक पाँच हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रूपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ ।

गतवर्षको उपाधि आयोजक सुदूरपश्चिम एघारले जितेको थियो भने थ्रीस्टार क्लब उपविजेता रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ५० बजे

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड

चिनियाँ र पाकिस्तानी सेनाले आतंकवादविरोधी संयुक्त अभ्यास गर्ने

एजेन्सी –चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म

नेापलका २६ कूटनीतिज्ञ तथा अधिकारी भारत भ्रमणमा जाँदै

काठमाडौं- नेापलका २६ कूटनीतिज्ञ तथा अधिकारीहरू बुधबार भारत भ्रमणमा जाँदैछन्

कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास बढाउनु पर्छ : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह

ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य