एन्फाको भोलिको बैठकमा संयोजक खड्काले प्रतिवेदन बुझाउने « Khabarhub

एन्फाको भोलिको बैठकमा संयोजक खड्काले प्रतिवेदन बुझाउने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ ।

यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् ।

जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

‘हामी समितिका सदस्य बसेर आज प्रतिवेदन तयार पारेका छौं । भोलि म मेरो प्रतिवेदन प्रस्तुत गर्छु,’ छानबिन समितिका संयोजक खड्काले भने ।

यस अघि समितिले लिग निर्देशक सञ्जीव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्वाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो ।

यस्तै बयानका लागि बोलाइएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र शाह भने बयानका लागि उपस्थित भएनन् ।

शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेस्की फर्स्यौटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फर्स्यौट गरेका थिए ।

राईले पेस्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेस्की फर्स्यौट भएको थियो । तर, वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरुपयोग गरेको आरोप छ ।

पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानबिनको जिम्मा दिइएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ५० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी