एन्फाको भोलिको बैठकमा संयोजक खड्काले प्रतिवेदन बुझाउने « Khabarhub

एन्फाको भोलिको बैठकमा संयोजक खड्काले प्रतिवेदन बुझाउने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ ।

यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् ।

जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

‘हामी समितिका सदस्य बसेर आज प्रतिवेदन तयार पारेका छौं । भोलि म मेरो प्रतिवेदन प्रस्तुत गर्छु,’ छानबिन समितिका संयोजक खड्काले भने ।

यस अघि समितिले लिग निर्देशक सञ्जीव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्वाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो ।

यस्तै बयानका लागि बोलाइएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र शाह भने बयानका लागि उपस्थित भएनन् ।

शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेस्की फर्स्यौटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फर्स्यौट गरेका थिए ।

राईले पेस्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेस्की फर्स्यौट भएको थियो । तर, वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरुपयोग गरेको आरोप छ ।

पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानबिनको जिम्मा दिइएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ५० बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर