लामो अवधिसम्म तरकारी ताजा कसरी राख्ने ? | Khabarhub Khabarhub

लामो अवधिसम्म तरकारी ताजा कसरी राख्ने ?


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

– हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ । काट्नु र पकाउनुअघि मात्र पखाल्ने गर्नुपर्दछ ।

– हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिजभित्रको सबैभन्दा चिसो ठाउँमा राखेमा दश दिनसम्म केही हुँदैन ।

– जरायुक्त तरकारी, गाजर, मुला, चुकन्दर, सलगम, तरुल आदि प्वाल भएको झोला-पोलिथिनमा हालेर फ्रिजमा राख्नाले निकै दिन ताजा रहन्छ, तर त्यसको साग या टुप्पो भने निकाल्नु राम्रो हुन्छ । सागसहित राखेमा साग भयतिरबाट बिग्रन थाल्दछ ।

– फूलकोपी, बन्दाकोबी, ब्रोकाउली नपखालीकन तथा नकाटीकन प्लास्टिकभित्र हालेर फ्रिजमा राखिदिने हो भने १० दिनसम्म ताजै रहन्छ ।

– अन्य तरकारी, जस्तै : सिमी कोसा, खुर्सानी, काँक्रा आदिलाई कागजको झोलामा या कागजले बेरेर राख्नाले निकै दिन ताजा रहन्छ ।

– च्याउलाई कहिल्यै पनि प्लास्टिकले बेरेर राख्नुहुँदैन । कुनै कार्डबोर्डभित्र राखेर फ्रिजमा राखे हप्ता दिन ताजा रहन्छ ।
– लसुन, प्याज सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो— ओस नभएको ठाउँमा झुन्ड्याउनु । लसुनलाई अँध्यारो ठाउँमा झुन्ड्याउँदा थप गुणकारी हुन्छ ।

– आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च आफै सुगरमा बदलिन थाल्छ । तसर्थ, फ्रिजमा नराखी चिसो या सामान्य तापक्रम भएको ठाउँमा आलु राख्नु राम्रो हुन्छ । कागज निर्मित झोलामा आलु राख्ने गर्दा लामो समयसम्म बिग्रन पाउँदैन।

– टमाटर फ्रिजमा भन्दा बाहिर राख्नु राम्रो हुन्छ तर त्यसलाई घामले प्रत्यक्ष नभेट्ने र सामान्य तापक्रम भएको ठाउँमा राख्नाले ताजा रहनुका साथै त्यसको प्राण पनि जीवित रहन्छ ।

साभार : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : ०८ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही