‘युक्रेनले इयूको सदस्यता पाउनका लागि युद्ध रोकिनुपर्छ’ « Khabarhub

‘युक्रेनले इयूको सदस्यता पाउनका लागि युद्ध रोकिनुपर्छ’


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युक्रेनलाई युरोपियन युनियनको सदस्यताका लागि युद्ध रोकिनुपर्ने बताएकी छिन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसङ्ग उल्लेख गर्दै युद्ध रोकिनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको छ, पक्कै पनि हामी यतिखेर युक्रेनसँग इतिहासमै सबैभन्दा धेरै नजिक भएका छौँ, तर पनि सदस्यता अघि नै त्यहाँ युद्ध रोकिनुपर्छ र बल्ल हामीले अर्को चरणको प्रक्रिया सुरु गर्नेछौँ ।

यता रुसले युक्रेनमा हमला रोकेको छैन । करिब एक साता यतादेखि रुसले युक्रेनमा हमला जारी नै राखेको बताइएको छ । रुस र युक्रेनका बीचमा बेलारुसको एउटा गाउँमा भएको पहिलो चरणको शान्ति वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन ।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् ।युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन् ।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने बताएका छन् । रुसले युक्रेनको राजधानी सहर किभका साथै अन्य आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क