जनकपुरमा साहित्य महोत्सव तयारी पुरा « Khabarhub

जनकपुरमा साहित्य महोत्सव तयारी पुरा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर-  तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने सो महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राकेशविक्रम साहले जनकपुरसहित मधेस प्रदेशमा साहित्यक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरी साहित्यिक क्षेत्रको प्रवर्दन गर्ने उद्देश्यले साथ आयोजना गर्न लागेको महोत्सवमा देशभरिका ख्यातिप्राप्त स्रष्टाहरुको सहभागिता रहने जानकारी दिए।

साहित्य महोत्सवअन्तर्गत फागुन २० गते समाजमा विभेद, मधेसमा ‘उद्यमी र मधेसको उद्योग तथा शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा रामेश कोइराला, प्राध्यापक डा सुष्मा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डल लगायतका विज्ञहरुले छलफल गर्ने कार्यक्रम तय भएको उनले बताइन् ।

यस्तै फागुन २१ ‘महिला र राजनीति’ विषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

त्यस्तै ‘मधेस  एक अवसर’ विषयक कार्यपत्रमाथि सांसद विनोद चौधरी, राष्ट्रियसभा सदस्य डा बिमला राई पौडेल तथा ‘परिवर्तनको सिद्धान्त’ विषयमा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले प्रस्तुति गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

साहित्य महोत्सवमा वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेस, साहित्य र म’ विषयमा कार्यक्रम प्रस्तुत गर्ने तय भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ४६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५