बाँकेमा अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

बाँकेमा अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएकाे छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएका तीन जनालाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

मंगलबार राती पक्राउ परेका तीनै जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगञ्जदेखि राप्तीनदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्वरको कार चेकजाँच गर्नेक्रममा एक थान मेडईन अमेरिका लेखेको अटोमेटिक पेस्तोल, सो पेस्तोलमा लाग्ने नाै थान गोलीसहित घरेलु हातहतियार फेला परेको डिएसपी न्यौपानेले बताए ।

उक्त पेस्तोल दिपेन्द्रले तीन महिनाअघि भारतको लखनउबाट असरफ अलीसँग ५० हजार भारतीय रुपैयाँमा खरिद गरी ल्याएको खुलेको छ । उनीहरुले सो पेस्तोलले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्दा दुई राउण्ड गोली पड्काएको र सोही आधारमा उनीहरू प्रहरी फन्दामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका दिपेन्द्र यसअघि पनि विभिन्न सात वटा आपराधिक घटनामा संलग्न रहेको खुलेको छ । प्रहरीले चालु आर्थक वर्षमा योसहित ४ वटा घटना हात हतियारसहित अभियुक्त पक्राउ गरेको जनाएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ३१ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०