संसद् भवन अगाडि प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ « Khabarhub

संसद् भवन अगाडि प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी काभ्रेस्थित अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षसमेत हुन् ।

प्रहरीले राउतका साथबाट मोटरसाइकल एक थान, मोबाइल ४ थान, ट्रयाक ज्याकेट एक थानसहितका सामग्री पनि बरामद् गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ४७ बजे

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने